आज बृष, सिंह र तुला राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज बृष, सिंह र तुला राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

शुक्रबार, २५ जेष्ठ २०८१

शुक्रबार, २५ जेष्ठ २०८१

आज मिति २०८१ जेठ २५ गते शुक्रबार । संन् २०२४ जुन ७ तारिख । नेपाल सम्बत ११४४ तछलाथ्व पारु, जेष्ठ शुक्ल प्रतिपदा तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन मिश्रित फलदायी रहला । अरूको मात्र भरपर्दा काम बिग्रन सक्छ, सचेत रहनुहोला । सुखदुःखमा साथ दिने मित्रजन फेला पर्ने छन् । परिवारिक सहमति नलिइ कुनै पनि महत्वपूर्ण काममा हात नहाल्नु होला, अन्यथा प्रयास व्यर्थ होला । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । भ्रमणमा आदिमा आकर्षण बढ्ने छ । आफन्तसुख प्राप्त होला ।

बृष

व्यापार व्यवसायमा लगानी बढाउन सकिने समय छ । विभिन्न अवसरले पछ्याउने छन् भने आश मारेको काम बन्नाले उत्साह जाग्ने छ । हिम्मतले काम लिन सकिने छ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिने छ । प्रेम र मित्रताको बन्धन कसिएला । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । मान महत्व वृद्धिका साथै आफन्तको सहयोग प्राप्त होला ।

मिथुन

अवसरको खोजीमा दौडधुप गर्नु पर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । तर, रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । नजिकका साथीभाइ टाढिन सक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट

कर्मबल बढ्ने छ तर आजको दिन आम्दानीको तुलनामा खर्च अलिक बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । अरूको उक्साहटमा नलाग्नु हितकर हुनेछ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्ने छ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान्, ध्यान दिनुहोला । दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध कमजोर बन्ने सम्भावना छ, ध्यान राख्नुहोला ।

सिंह

लामो समयदेखि रोकिएका काम सम्पादन हुने समय छ । तथापि, अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या

टाढिएका आफन्तसँग पुनर्मिलन हुने समय भए पनि आजको दिन धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिने छ । प्रेम र मित्रताको बन्धन कसिने छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिने छ । मनोकूलको काममा सफलता मिल्ने छ । उच्चाधिकारीको साथ मिल्ने छ ।

तुला

अध्ययन अध्यापनमा मन जाला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने योग छ । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी सावित हुनेछ । स्वास्थ्यसम्बन्धी केही समस्या देखापर्न सक्छ, सचेत रहनुहोला । सन्तान पक्षबाट प्रशन्नता मिल्नेछ । यात्रामा सफलता प्राप्त गर्नु हुनेछ । रसरागको भाव बढ्ने छ ।

बृश्चिक

आजको दिन स्वास्थ्यसम्बन्धी सामान्य समस्याले बाधा दिन सक्छ । आर्थिक पक्षमा उन्नति भए पनि तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइको सहयोगले विपक्षीलाई तह लगाउन सकिने छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग रहेकोले सावधान रहनु होला । रसरागमा रुचि बढ्ने छ । केही बाधा भए पनि समयले अन्ततः साथ दिने छ ।

धनु

आजको दिन स्वास्थ्यसम्बन्धी समस्याबाट जोगिन खानपानमा सजग रहनु पर्नेछ । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पर्न सक्छ । राजनीति गर्नेहरूलाई विशेष सफलता मिल्ने समय छ । मान–सम्मान र पद–प्रतिष्ठा मिल्ने सम्भावना छ । आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् । रसरागमा आकर्षण बढ्ने छ ।

मकर

ब्यस्तता बढ्ने छ । विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्ने छ भने काममा सहयोगीले राम्रै साथ दिने छन् । व्यवसाय र उद्योगमा फाइदा मिल्ने छ । सामाजिक प्रतिष्ठा पाइने छ । आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ

पराक्रम बढ्ने छ । कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने छ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्, तर प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्न सकिने योग छ । बुद्धिको उपयोगले सफलता मिल्ने देखिन्छ । रसरागमा आकर्षण रहला ।

मीन

आय आर्जनमा कमी आउने सम्भावना छ, तर मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । खर्च वृद्धि होला । मातृ–स्वास्थ्यस्थिति कमजोर बन्नाले चिन्ता बढ्न सक्छ । धनसम्पत्ति वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट