हालसम्मै उच्च बिन्दुमा सुनको मूल्य, तोलाको कति ?-Sutra News

हालसम्मै उच्च बिन्दुमा सुनको मूल्य, तोलाको कति ?

शुक्रबार, २५ जेष्ठ २०८१

शुक्रबार, २५ जेष्ठ २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बृद्धिका बीच साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।



यसअघि बिहीबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । बिहीबार सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा थप एक हजार रुपैयाँले बढ्दै शुक्रबार सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको मूल्य नेपालकै इतिहासमा सर्वाधिक मूल्य हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूलय प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि र स्थानीयरुपमा सरकारले भन्सार दर बृद्धि गरेसँगै सुनको मूल्य आकासिएको हो । क्रमिकरुपमा भइरहेको बृद्धिलाई हेर्दा मूल्य थप बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट