अमेरिकाको तापक्रम ११० डिग्री फरेनहाइट, एक दर्जन मानिस अस्पतालमा भर्ना-Sutra News

अमेरिकाको तापक्रम ११० डिग्री फरेनहाइट, एक दर्जन मानिस अस्पतालमा भर्ना

शुक्रबार, २५ जेष्ठ २०८१

शुक्रबार, २५ जेष्ठ २०८१

काठमाडौं । अमेरिकाको एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रममा पुगेका एक दर्जन मानिस अस्पतालमा भर्ना भएका छन् ।



फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको ड्रीम सिटी चर्चमा आयोजना गरिएको कार्यक्रममा सहभागी ११ जनालाई अस्पतालमा लगेको द हिलले जनाएको छ ।

फिनिक्स राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष पहिलो पटक बिहीबार तापक्रम ११० डिग्री फरेनहाइट पुगेको बताएको हो ।

अनलाइनमा प्रसारण गरिएको भिडिओ र फोटोहरूले चरम गर्मीका कारण धेरै मानिसहरू बेहोस भएको र चिकित्सा सहायताको आवश्यकता परेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट