‘सतीदेवी’को टिजरमा पितृसत्तालाई प्रश्न-Sutra News

‘सतीदेवी’को टिजरमा पितृसत्तालाई प्रश्न

शुक्रबार, २५ जेष्ठ २०८१

शुक्रबार, २५ जेष्ठ २०८१

नायिक मलिका महतको मुख्य भूमिका रहेको फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । लक्ष्मण सुवेदीको लेखक, निर्माण तथा निर्देशन रहेको फिल्मको सार्वजनिक टिजरमा फिल्मको कथावस्तु, चरित्र चित्रण र दर्शकीय मनोविज्ञानबारे खुलासा गराएको छ ।



टिजर हेर्दा छोराको आस हुँदा बारबार छोरी जन्मिएपछि पुरुषले महिलालाई गर्ने दुव्यवहारलाई मुख्य कथा भएको ठम्याउन सकिन्छ भने वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ ।

टिजर सतिदेवि यानिकी मलिका महतकै वरीपरी घुमेको देखिन्छ । उसो त मलिकाले यो भन्दा अघि पनि थुप्रै फिल्ममा काम गरिसकेकि छिन् । तर आफैले फिल्म हाँक्ने हिम्मत भने पहिलो चोटि नै गर्दैछिन् ।

फिल्ममा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा यो फिल्मलाई श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेका हुन् ।

फिल्मको पटकथा र गीत पनि सुवेदीकै छ । तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको एक्सन रहेको छ।

आगमी साउन ४ गतेबाट देशैभर प्रदर्शनमा आउने फिल्मले प्रदर्शन नहुँदै केही फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट