काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गाँजा उत्पादन खुला गर्न सरकारले नियमावली ल्याउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले एक महिनाभित्र नियमावली ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
गाँजा औषधी विभिन्न सामग्री निर्माण गर्न सकिने भएकाले गाँजा खेती खुला गर्न लागेको उनको भनाइ थियो ।
‘यसबारे मन्त्रालयले काम गरिरहेको छ, एक महिनाभित्रै नियमावली आउँछ, छलफल र आवश्यकताका बारेमा पर्याप्त अध्ययन र अनुसन्धान भएको छ, यसमा हामीले दुविधा राख्नु पर्ने अवस्था छैन,’ उनले भने ।
सरकारले नीति तथा कार्यक्रममार्फत बजेटमा पनि गाँजा खेती खुला गर्ने जनाएको थियो । त्यसपछि समितिले यसबारे छलफल गर्न गृहमन्त्रीलाई बोलाएको थियो ।