११ देशको राजदूत फिर्ता बोलाउने निर्णय सही भएको सरकारको दाबी-Sutra News

११ देशको राजदूत फिर्ता बोलाउने निर्णय सही भएको सरकारको दाबी

शुक्रबार, २५ जेष्ठ २०८१

शुक्रबार, २५ जेष्ठ २०८१

काठमाडौं । सरकारले ११ देशको राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।



मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले सरकार परिवर्तन हुँदा राजदूत फिर्ता बोलाउने बिगतदेखिको परम्परा रहेको बताइन् ।

उनले बिगतदेखि नै यस्तो परम्परा चल्दै आएको भन्दै उनले यसलाई नियमित प्रक्रियाका बारेमा बुझ्न आग्रह गरिन् ।

यस्तै, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्र्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तीक स्वीकृति दिने निर्णय भएको बताएकी थिइन् ।

त्यस्तै आवश्यक सेवा सञ्चालन ऐन बमोजिम तोकिएका आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको प्रवक्ता शर्माको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट