कता जाँदैछ सेयर बजार ?-Sutra News

कता जाँदैछ सेयर बजार ?

शुक्रबार, २५ जेष्ठ २०८१

शुक्रबार, २५ जेष्ठ २०८१

काठमाडौं । यो साता सेयर बजार मापक नेप्से परिसूचकमा सामान्य बृद्धि भयो । अघिल्लो साता ६२ अंक बढीले घटेको नेप्सेमा यस साता एकल अंकले सुधार भयो ।



२०६९.५३ को बिन्दुबाट सुरु भएको कारोबार २०७७.७८ को बिन्दुमा उक्लिएर बन्द भयो । समग्रमा साताभर नेप्सेमा ८.२५ अंकको सुधार देखियो ।

यो साता सबैभन्दा बढी आइतबार १३.५१ अंकले नेप्से बढेको थियो । तर, योबीचमा अधिकांश दिन नेप्सेमा गिरावट आयो । यद्यपि, नेप्सेमा एकल अंकभन्दा बढीको उतारचढाव भने भएन ।

सोमबार ३.९७ अंकले घटेको नेप्से, मंगलबार ६.२२ अंकले बढ्यो । यस्तै, बुधबार ५.५८ अंकले घटेको नेप्से बिहीबार पनि १.९३ अंकले घट्यो ।

सामान्य उतारचढावमा देखिएको नेप्सेमा कारोबार रकम पनि औसतमा चार अर्ब हाराहारी भएको छ । पाँचै दिन कारोबार भएको नेप्सेमा सबैभन्दा बढी बिहीबार चार अर्ब ३५ करोड रुपैयाँ बढीको कारोबार भयो भने सबैभन्दा बकम बुधबार तीन अर्ब ९६ करोडको कारोबार भयो ।

समग्रमा साताभर नेप्सेमा २० अर्ब ५९ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यो साता नेप्सेको माइक्रो फाइनान्स, ट्रेडिङ्ग, इन्भेष्टमेन्ट र म्यूचुअल फण्ड इन्डेक्समा सुधार देखियो । अन्य इन्डेक्स भने ओरालोमै देखिए । सबैभन्दा बढी माइक्रोफाइनान्स क्षेत्रका लगानीकर्ताले लाभ लिएको देखिन्छ ।

सामान्य उतारचढाव र एकल अंकको सुधार देखिएको नेप्सेमा आगामी साता यही शैलीमा जाला भन्न सकिन्न । यद्यपि, सामान्य उतारचढावको ट्रेण्डका बीच नेप्से बृद्धि हुनसक्ने अनुमान गर्न सकिन्छ ।

लगानीकर्ता बजारबाट त्यति धेरै निराश नभएको कारण पनि बजार उक्लिन सक्ने सम्भावना रहेको विश्लेषकहरुको बुझाई छ । सँगै बजेट पारित प्रक्रियामा रहेको कारण पनि नेप्सेमा त्यसको प्रभाव पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट