पोखरा । प्रभु बैंक लिमिटेड र पोखरास्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (यु.आर.एल.)बीच स्वास्थ्य जाँचमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीको थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिनलगायतका युआरएलद्वारा हुने परीक्षणमा विशेष छुट हुने भएको हो ।
सेवा शुल्कमा बैंकका ग्राहकहरुलाई २० प्रतिशत र कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्ने सम्झौता भएको हो । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवं आइएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले संचालन गरेका मुख्य कार्यालय सभागृहचोक, कास्की हस्पिटलचोक, महेन्द्रपुल, मियापाटनलगायत १८ भन्दा बढी ल्याबहरुमा उक्त छुट प्राप्त गर्न सकिने छ ।
ल्याबोरेटरीका तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । समारोहमा प्रभु बैंकका प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, युनाइटेड रेफरेन्स ल्याबोरेटरीका प्रबन्ध निर्देशक गणेश कोइराला, शुशिल थापा लगायतको उपस्थिति रहेको थियो ।
बैंकले हाल देशभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउण्टरमार्फत बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको कछ ।