मोदीको शपथमा सहभागी हुन राष्ट्र प्रमुखहरू जाँदै-Sutra News

मोदीको शपथमा सहभागी हुन राष्ट्र प्रमुखहरू जाँदै

शनिबार, २६ जेष्ठ २०८१

शनिबार, २६ जेष्ठ २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ तेस्रो कार्यकालका लागि शपथ लिने भएका छन् ।



मोदी शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण समारोह आइतबार साँझ ७ः१५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूले सहभागिता जनाउने भएका छन् ।

निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे रहेका छन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् । नेपालका प्रधानमन्त्री प्रचण्ड शपथ समारोहमा सहभागी हुन आइतबार बिहान दिल्ली जाने भएका छन् ।

केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले सपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रि भोजको आयोजना गर्ने छिन् ।

भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजनअन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट