रवि लामिछानेलाई प्रदीपको व्यांग्य- नाङ्गो भएर पनि कपडा लगाएको ठान्छ हाम्रो केही लाग्दैन-Sutra News

रवि लामिछानेलाई प्रदीपको व्यांग्य- नाङ्गो भएर पनि कपडा लगाएको ठान्छ हाम्रो केही लाग्दैन

शनिबार, २६ जेष्ठ २०८१

शनिबार, २६ जेष्ठ २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि गृहमन्त्री रवि लामिछानेले नैतिकताको बोध नगरेको बताएका छन् ।



शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले उपप्रधान तथा गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै संसदीय छानबिन समिति गठन भएपछि नैतिकताको बोध नगरेको आरोप लगाएका हुन् ।

उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रही रहनु ‘नाङ्गो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे ।

‘राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो, कोही व्यक्ति नाङ्गो छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन, त्यसैले संसदले छानबिन समिति गठन गर्‍यो,’ उनले भने ।

यस्तै, उनले नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय भएको बताए । उनले भने, ‘जसलाई छानबिन भइरहेको छ, त्यो व्यक्तिले सत्ता चलाउने यो खालको परिस्थितिलाई नेपाली कांग्रेसले अन्त्य गरेर छोड्छ ।’

उनले कांग्रेसले संसद्‍मा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्‍याउन नसकिने स्थिति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट