काठमाडौं । अमेरिका र वेष्ट इण्डिजमा जारी टी २० विश्वकपको आफ्नो दोस्रो खेलमा भारतीय टोलीका कप्तान राेहित शर्माले खेल्ने सम्भावना कम रहेको छ ।
नेटमा अभ्यास गर्ने क्रममा रोहितको देब्रे हातको ग्लोभमा बल लागेको थियो । आयरल्याण्डविरुद्धको खेलमा पनि उनको हातमा बलले चोट लागेको थियो ।
त्यसपछि उनले खेल बिचमै छाडेका थिए । उनी शुक्रबार पनि अभ्यास गर्न आएका थिए । उनी शनिबार पनि अभ्यासमा देखिएका थिए । उनी पूरै फिट देखिन्थे ।
भारतीय टोली पाकिस्तानविरुद्धको ठूलो खेलअघि तयारीमा व्यस्त छ । रोहित ब्रिगेडले खेलका लागि कडा अभ्यास गरिरहेका छन् ।
फिजियोले चोटको निरीक्षण गरे । तर, रोहितले अभ्यास छोडेनन् र केही समयपछि ड्रेसिङ रुममा फर्किए ।