काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका १ झ्याङटार बुर्जडाँडाको खोल्सामा मानव कंकाल भेटिएको छ ।
पानीको मुहान खोज्दै जाने क्रममा स्थानीयले पहिचान हुन नसकेको अवस्थामा कंकाल फेला परेको हो । कंकालसँगै निलो रङ्गको ज्याकेट र भेन्टा रङ्गको कुहिएको टिसर्ट फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
कंकालभन्दा अन्दाजी १७/१८ फिट तल टाउको जस्तो देखिने वस्तु फेला पारी घटना स्थल मुचुल्कासहित इलाका प्रहरी कार्यालय मनहरी ल्याइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।