भारतमा प्रधानमन्त्री, राष्ट्रपति र सांसदले कति पाउँछन् तलब/सुविधा ?-Sutra News

भारतमा प्रधानमन्त्री, राष्ट्रपति र सांसदले कति पाउँछन् तलब/सुविधा ?

आइतबार, २७ जेष्ठ २०८१

आइतबार, २७ जेष्ठ २०८१

धेरैलाई जिज्ञासा लाग्न सक्छ भारतमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदसम्मकाे तलब के-कति हाेला ? उनीहरूले कस्ता सुविधा पाउलान् ?



यहाँ भारतमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदसम्मले पाउने तलब र अन्य सुविधाबारे जानकारी गराउने प्रयास गरिएकाे छ ।

भारतमा प्रधानमन्त्रीको तलब र अन्य सुविधा

भारतमा प्रधानमन्त्रीको तलब प्रति महिना भारतीय १.६६ लाख रुपैयाँ रहेकाे छ । जसमा आधारभूत तलब रु ५० हजार, खर्च भत्ता रु तीन हजार, संसदीय भत्ता रु ४५ हजार र दैनिक भत्ता रु दुई हजार समावेश गरिएकाे छ ।

साथै, प्रधानमन्त्रीलाई सरकारी निवास, विशेष सुरक्षा (एसपीजी), सरकारी सवारी साधन र विमान, अन्तर्राष्ट्रिय भ्रमणका लागि सरकारबाट भाडा, आवास र खाना खर्चकाे पनि सुविधा उपलब्ध हुने गर्दछ ।

भारतमा कोही प्रधानमन्त्री बने भने अवकाशपछि पनि धेरै सुविधा पाउँछन् । यी सुविधामध्ये सबैभन्दा महत्त्वपूर्ण पूर्वप्रधानमन्त्रीले पाँच वर्षसम्म नि:शुल्क सरकारी घर, बिजुली, पानी र एसपीजीको सुविधा पनि पाउने गर्दछन् ।

राष्ट्रपतिको तलब र भत्ता

भारतका राष्ट्रपतिसँग पनि धेरै अधिकार हुन्छन्। यो एक धेरै महत्त्वपूर्ण पद हो। भारतमा राष्ट्रपतिले मासिक भारतीय ५ लाख रूपैयाँ तलब पाउँछन् ।

यसबाहेक, उनीहरूले धेरै करमुक्त भत्ताहरू पनि पाउँछन्, जसमा विश्वभर रेल र विमानबाट निःशुल्क यात्रा, निःशुल्क घर, चिकित्सा हेरचाह र कार्यालय खर्चका लागि वार्षिक एक लाख रुपैयाँ समावेश छ।

राष्ट्रपतिबाट अवकास भएपश्चात पनि मासिक १.५ लाख निवृत्तिभरण, सरकारी घर, दुईवटा निःशुल्क ल्यान्डलाइन फोन, एक मोबाइल फोन र पाँचजना व्यक्तिगत कर्मचारीको सुविधा पनि पाउँछन् ।

सांसदले के-कति पाउँछन् सुविधा ?

भारतमा एक सांसदले प्रत्येक महिना १ लाख भारतीय रुपैयाँ तलब पाउँछन्। यसबाहेक दैनिक भत्ता पनि उपलब्ध छ । जुन हरेक पाँच वर्षमा बढ्दै जान्छ ।

भारतमा कुनै पनि सांसदले संसदको बैठक, समितिको बैठकमा भाग लिन दैनिक २,००० रुपैयाँ र सडक यात्राको लागि प्रति किलोमिटर १६ रुपैयाँ यात्रा भत्ता पाउँछन्।

यसबाहेक सांसदहरूले मासिक ४५ हजार निर्वाचन क्षेत्र भत्ता र मासिक ४५ हजार कार्यालय खर्च भत्ता पाउँछन्, जसमा स्टेशनरी र हुलाकको १५ हजार रुपैयाँ समावेश छ।

पारिश्रमिक बाहेक सांसदले परिवारका लागि निःशुल्क स्वास्थ्य सुविधा, सरकारी आवास, आफू र आफ्ना नजिकका नातेदारका लागि वर्षेनी ३४ वटा नि:शुल्क आन्तरिक हवाई यात्रा पनि पाउँछन् । उनीहरूले ट्रेनहरूमा नि:शुल्क प्रथम श्रेणी रेल यात्राको सुविधा पनि पाउँछन्। एबिपीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट