काठमाडौं । जारी टी २० विश्वकपमा सर्वाधिक चर्चामा रहने दुई टोली पाकिस्तान र भारतबीच खेल हुँदै छन् ।
समुह ‘ए’अन्तर्गत पाकिस्तान र भारतबीचको खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने छ । खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि शुरु हुने छ ।
जारी विश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र अमेरिकासँग हार बेहोरेर थियो । भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ ।
यी दुई टोलीबीच अहिलेसम्म कूल १२ टी २० खेल भएका छन् । जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ ।
त्यस्तै, टी २० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म सात पटक आमने सामने भएका छन् । जसमा भारतले पाँच पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ । त्यस्तै एक खेल अनिर्णित बनेको थियो ।
यी दुई टोलीको खेल हेर्नका लागि आईसीसीले न्युनतम टिकटको मूल्य तीन सय अमेरिकी डलर तोकेको छ । अर्थात ४० हजार रुपैयाँ नेपाली रुपैयाँ कायम गरेको छ ।
यसबाहेक अवैध तरिकाले टिकट बिक्री हुन सक्ने भन्दै आईसीसीले सचेत हुन आग्रह गरेको छ ।