नक्कली ‘प्रचण्ड’ घनश्याम गौतमलाई गोरेटोले गर्यो आर्थिक सहयोग-Sutra News

नक्कली ‘प्रचण्ड’ घनश्याम गौतमलाई गोरेटोले गर्यो आर्थिक सहयोग

आइतबार, २७ जेष्ठ २०८१

आइतबार, २७ जेष्ठ २०८१

काठमाडौँ । १ वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका कलाकार घनश्याम गौतम थप उपचारका लागि भारत जाने भएका छन् ।



तेस्रो स्टेजको पेटको आन्द्राको क्यान्सरसँग लडिरहेका नक्कली प्रचण्डको उपनामले चिनिएका घनश्याम गत वर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क परेका बेला क्यान्सर भएको पुष्टि भएपछि उनी १ वर्षदेखि ओछ्यानमा थलिएका छन् ।

उपचारमा आर्थिक अभाव भएका बेला कलाकार गौतमलाई गोरेटो कन्सलट्यान्सीले आर्थिक सहयोग गरेको छ । गोरेटो कन्सलट्यान्सीले कलाकार गौतमलाई १५ हजार रुपैयाँ र मेडिकल सामाग्री उपलब्ध गराएको छ । गोरेटो कन्सलट्यान्सीले उनकै निवासमा पुगेर उक्त रकम र मेडिकल सामाग्री उपलब्ध गराएको हो ।

विगत वर्ष दिनदेखि क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च गरिसकेका छन् । उनी भन्छन्- ‘मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ । अब भारतमा थप उपचारका लागि जाँदैछु । तर कसरी उपचार गर्ने भन्ने सोच्नै सकेको छैन ।’

यसैबिच क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र गोरेटो कन्सल्ट्यान्सीले पछिल्ला दिनमा विभिन्न किसिमका सामाजिक क्रियाकलापमा पनि हात हाल्दै आएका बेला कलाकार गौतमको घाउमा सानै भए पनि मलम लगाउने प्रयास गरेको गोरेटो कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले बताए।

कँडेल भन्छन्- ‘कलाकार गौतमको शिघ्र स्वास्थ्यलाभको कामना छ । यस्तो गम्भिर रोगमा कलाकारको उपचारमा राज्य नै संवेदनशिल भएमा नागरिकले समयमा उपचिार पाउनुपर्छ ।’ त्यस्तै गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मी र एड्भाइजर राम खड्काले पनि कलाकार गौतमको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट