नयाँ दिल्ली पुगे प्रधानमन्त्री दाहाल, आजै नरेन्द्र मोदीसँग भेट गर्ने-Sutra News

नयाँ दिल्ली पुगे प्रधानमन्त्री दाहाल, आजै नरेन्द्र मोदीसँग भेट गर्ने

आइतबार, २७ जेष्ठ २०८१

आइतबार, २७ जेष्ठ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने समारोहमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।



प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ ।

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टी (भाजपा)का नेता मोदीले आइतबार साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । उक्त समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री दाहालका साथमा उनकी स्वकीय सचिव गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट