उपेन्द्र यादवले दायर गरेको रिट पूर्ण इजलासमा पठाउन आदेश-Sutra News

उपेन्द्र यादवले दायर गरेको रिट पूर्ण इजलासमा पठाउन आदेश

आइतबार, २७ जेष्ठ २०८१

आइतबार, २७ जेष्ठ २०८१

काठमाडौं । उपेन्द्र यादवले आफू नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएको भन्दै दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।



यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।

यसअघि गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाही जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा राखेर गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।

निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये पाँच मात्रै सांसद छन् । अशोक राईसँग सात जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट