सहकारीको साढे सात करोड हिनामिना गर्ने अध्यक्षसहित तीन जना पक्राउ-Sutra News

सहकारीको साढे सात करोड हिनामिना गर्ने अध्यक्षसहित तीन जना पक्राउ

आइतबार, २७ जेष्ठ २०८१

आइतबार, २७ जेष्ठ २०८१

काठमाडौं । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।



प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई पक्राउ गरेको छ । उनीहरुले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ ।

उनीहरुले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट