काठमाडौं । जारी आईसीसी टी २० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेल खेल्न नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने वेष्ट इण्डिज गएका छन् ।
वेष्ट इण्डिज पुगेसँगै सन्दीपले सम्बोधन गरेका छन् । उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिए ।
अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेष्ट इण्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ ।
क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यसअघि सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो ।
नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ । त्यसपछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेष्ट इण्डिजमा खेल्दै छ ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।