आज तीन प्रदेशको पहाडी भागमा वर्षाको सम्भावना-Sutra News

आज तीन प्रदेशको पहाडी भागमा वर्षाको सम्भावना

सोमबार, २८ जेष्ठ २०८१

सोमबार, २८ जेष्ठ २०८१

काठमाडौं । हाल नेपालमा स्थानीयदेखि पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीयको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ ।



आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट