बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते-Sutra News

बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते

सोमबार, २८ जेष्ठ २०८१

सोमबार, २८ जेष्ठ २०८१

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ नेपानेमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।



मुसिकोट १ खलङ्गाबाट बाँफिकोट गाउँपालिका ४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका ५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका ५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

यसैगरी दुर्घटनामा बाँफिकोट गाउँपालिका ४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका ५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट