सोनाक्षी सिन्हा प्रेमी जाहिरसँग जुन २३ मा विवाह गर्दै-Sutra News

सोनाक्षी सिन्हा प्रेमी जाहिरसँग जुन २३ मा विवाह गर्दै

सोमबार, २८ जेष्ठ २०८१

सोमबार, २८ जेष्ठ २०८१

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी तथा बलिउड अभिनेता जहीर इकबालसँग जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छिन् ।



सोनाक्षी र जहीर लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । तर, अहिलेसम्म दुवैले यसबारे खुलेर बोलेका छैनन् न कुनै आधिकारिक घोषणा गरेका छैनन्। दुबैको सामाजिक सञ्जाल पोष्टले उनीहरुको सम्बन्धमा रहेको पुष्टी गर्छ । हालै सोनाक्षीको जन्मदिनमा पनि जहीरले अभिनेत्रीसँग धेरै तस्बिर सेयर गरेका थिए ।

सोनाक्षी बाहेक जहीरको नाम दीक्षा सेठ र सना सईदजस्ता अभिनेत्रीसँग पनि जोडिएको छ ।

इन्डिया टुडेको रिपोर्ट अनुसार अभिनेत्री सोनाक्षी र अभिनेता जहीरको यो विवाहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् । यसबाहेक सोनाक्षीको हालै रिलिज भएको वेब सिरिज ‘हिरामाण्डी’ को स्टारकास्टलाई पनि यो विवाहमा निम्तो दिएकी छन् ।

स्रोतको विश्वास गर्ने हो भने सोनाक्षीको विवाहको निमन्त्रणा पत्रिकाको कभर जस्तै डिजाइन गरिने छ । त्यसमा लेखिनेछ- ‘अफवाह सत्य हो…’ विवाहमा सहभागी सबै पाहुनाहरुलाई औपचारिक रुपमा उपस्थित हुन अनुरोध गरिएको छ ।

३६ वर्षीय जहीर इकबालले २०१९ मा फिल्म ‘नोटबुक’ बाट डेब्यू गरेका थिए । यसपछि उनी २०२२ मा सोनाक्षी सिन्हा र हुमा कुरैशी स्टारर फिल्म ‘डबल एक्सएल’ मा देखिएका थिए । ६ वर्षको करियरमा जहीरले यी दुवै फिल्ममा काम गरेका थिए जुन फ्लप थिए ।

जहीरका पिता इकबाल रत्नासी अभिनेता सलमान खानका नजिकका साथी हुन् । जहीरलाई लन्च गर्न पनि सलमानले सहयोग गरेका थिए । यसअघि जहीर सलमानका भाइ सोहेलको फिल्ममा सहायक निर्देशक भएर पनि काम गरेका थिए ।

सोनाक्षीको वर्कफ्रन्टको कुरा गर्दा अहिले उनी ‘हिरामाण्डी’को चर्चामा छिन् । उनी छिट्टै ‘काकुडा’ र ‘निकिता रोय’ जस्ता फिल्ममा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट