फ्लोर क्रस गरेका सांसदलाई पनि पाण्डेले मन्त्री बनाउने-Sutra News

फ्लोर क्रस गरेका सांसदलाई पनि पाण्डेले मन्त्री बनाउने

सोमबार, २८ जेष्ठ २०८१

सोमबार, २८ जेष्ठ २०८१

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।



आज दिउँसो बसेको प्रदेशसभामा विश्वासको मत पाएका पाण्डेले फणिन्द्र देवकोटा, दिपक मनाङे र पञ्चराम तमुलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

देवकोटाले फ्लोर क्रस गरी पाण्डेलाई विश्वासको मत दिएका थिए । उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन् ।

पाण्डेलाई राप्रपाले पनि विश्वासको मत दिएको छ । जसका कारण पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट