काठमाडौं । नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै नगद एक लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका ५ पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापालाई प्रहरीले पक्राउ गरेको छ ।
थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको संचालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी बाग्लुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराईदिन्छु भनि ठगेका थिए ।
उनले पटक पटक गरी उक्त रकम ठगी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले थापालाई पोखरा महानगरपालिका ५ जिरोबाट पक्राउ गरेको हो ।
उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनमुति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।