कञ्चनपुर । जिल्लामा लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका १८ जानकी टोलका शंकर दत्त जोशी र सोही ठाउँ बस्ने २१ वर्षीय इमानुयल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जोशीको घरमा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिससहित जोशी र राइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।