अल्सरका राेगीलाई यी पाँच चिजकाे सेवन औषधि समान-Sutra News

अल्सरका राेगीलाई यी पाँच चिजकाे सेवन औषधि समान

मंगलबार, २९ जेष्ठ २०८१

मंगलबार, २९ जेष्ठ २०८१

अल्सर एक प्रकारको घाउ हो, जुन शरीरको कुनै पनि भागमा हुन सक्छ। तर यीमध्ये, पेट अल्सर बढी सामान्य छ। यसलाई पेप्टिक अल्सर पनि भनिन्छ।



पेप्टिक अल्सर खाना नली, आन्द्रा वा पेटको भित्तामा हुन सक्छ। अल्सरको अवस्थामा, तपाईंले पेटको माथिल्लो भागमा कडा दुखाइ, अपच र जलन महसुस गर्न सक्नुहुन्छ।

अल्सर सामान्य समस्या हाेइन, यसकाे समयमै उपचार नगरिएमा क्यान्सर बन्ने जाेखिम धेरै हुन्छ ।

पेटको अल्सर छिट्टै निको पार्ने उपाय

घ्यु कुमारी

एनसिबिआइमा प्रकाशित एक अध्ययन रिपाेर्टअनुसार एलोभेरामा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ, जसले अल्सरको लक्षणलाई कम गर्न प्रभावकारी भूमिका खेल्न सक्छ । पेटमा अल्सर भएको अवस्थामा एलोभेराको जुस थोरै मात्रामा सेवन गर्नु पनि निकै फाइदाजनक हुन्छ ।

प्रीबायोटिक

वास्तवमा प्रीबायोटिक खानाले हाम्रो शरीरमा राम्रो ब्याक्टेरिया बढाउने काम गर्छ। यस्तो अवस्थामा शरीरमा राम्रो ब्याक्टेरिया बढ्दा हाम्रो पाचन प्रणाली, रोग प्रतिरोधात्मक क्षमता आदि पनि ठिक रहन्छ । यसको सेवनले डिप्रेसन जस्ता समस्या पनि टाढा रहन्छ । यसको सेवनले हामी कम बिरामी हुन्छौं र स्वस्थ रहन्छौं । प्रोबायोटिक फूडहरू अन्तर्गत दही, मिसो सूप, पनीरलगायतका खाना पर्दछन् ।

बेसार

बेसारमा कर्क्युमिन हुन्छ जुन धेरै स्वास्थ्य लाभसँग जोडिएको हुन्छ। यसमा पाइने एन्टी-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणले अल्सरको घाउ छिटो निको पार्न मद्दत गर्छ।

जेठीमधु

जेठीमधु एक औषधीय जडिबुटी हो। यसमा एन्टी-ब्याक्टेरियल गुण पाइन्छ, जसका कारण यसलाई अल्सरको उपचारमा निकै फाइदाजनक मानिन्छ।

लसुन

लसुन घरेलु भान्सामा सर्वाधिक प्रयोग हुने मसला हो। यसमा पाइने एन्टी माइक्रोबियल र एन्टी ब्याक्टेरियल गुणका कारण प्राचीन कालदेखि नै रोगको उपचारमा यसको प्रयोग हुँदै आएको छ । यसको सेवन अल्सरमा पनि निकै फाइदाजनक मानिन्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट