औषधि खाँदा पनि कोलेस्ट्रोल घटेन भने यी ३ आयुर्वेदिक उपायले दिनेछ आश्चर्यजनक नतिजा-Sutra News

औषधि खाँदा पनि कोलेस्ट्रोल घटेन भने यी ३ आयुर्वेदिक उपायले दिनेछ आश्चर्यजनक नतिजा

मंगलबार, २९ जेष्ठ २०८१

मंगलबार, २९ जेष्ठ २०८१

कोलेस्ट्रोलको मात्रा बढ्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । गलत जीवनशैली र अस्वस्थकर खानपानका कारण लाखौं मानिस कम उमेरमै उच्च कोलेस्ट्रोलको सिकार भइरहेका छन् ।



बढ्दो कोलेस्ट्रोलको कुनै लक्षण देखिँदैन, जसका कारण धेरैजसो मानिसले सही समयमा उच्च कोलेस्ट्रोल पत्ता लगाउन सक्दैनन्। यसका कारण धेरै पटक मानिसलाई हृदयाघात र स्ट्रोक समेत हुने गरेको छ ।

लगातार उच्च कोलेस्ट्रोलको औषधि प्रयाेग गरेपनि कतिपयलाइ यसले खासै असर गर्दैन। यस्तो अवस्थामा केही आयुर्वेदिक उपचारले चमत्कार गर्न सक्छ।

विज्ञहरूले बताएअनुसार कोलेस्ट्रोल हाम्रो रगतमा पाइने मोम जस्तो पदार्थ हो। शरीरमा खराब कोलेस्ट्रोल १००mg/dL भन्दा कम हुनुपर्छ, जबकि राम्रो कोलेस्ट्रोल 50mg/dL वा सोभन्दा बढी हुनुपर्छ।

शरीरमा खराब कोलेस्ट्रोल बढ्यो भने नसामा जम्मा भएर मुटु र मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध हुन थाल्छ । जसका कारण हृदयाघात र स्ट्रोकको अवस्था आउन थाल्छ । यस्तो अवस्थामा यसलाई नियन्त्रण गर्नु निकै जरुरी छ ।

विज्ञहरूका अनुसार आयुर्वेदमा कोलेस्ट्रोल नियन्त्रण गर्ने केही प्रभावकारी उपायहरु सुझाएको छ, जसलाई अपनाएमा कोलेस्ट्रोल घटाउन धेरै हदसम्म सहयोग पुग्ने बताइएकाे छ ।

आयुर्वेदमा शरिरमा जम्मा भएको खराब कोलेस्ट्रोल घटाउनका लागि कागतीको दाना, दालचीनी र लसुनलाई फाइदाजनक मानिन्छ । बिहान खाली पेटमा एक चम्चा आलसकाे दानाको धूलो मनतातो पानीमा खाँदा कोलेस्ट्रोल छिट्टै कम हुन्छ । यसबाहेक खाली पेटमा मनतातो पानीमा एक चुट्की दालचीनी मसला खाँदा पनि खराब कोलेस्ट्रोललाई छिटो कम गर्न सकिन्छ।

आयुर्वेद विज्ञहरूका अनुसार खाली पेटमा काँचो लसुनको ३–४ दाना खाँदा कोलेस्ट्रोल घटाउन मद्दत मिल्छ । यदि लसुन काँचो खान सकिँदैन भने यसलाई भुटेर मह मिसाएर खान सकिन्छ । यसले स्वास्थ्यमा आश्चर्यजनक फाइदाहरू प्रदान गर्न सक्छ।

लसुन पाचन र रोग प्रतिरोधी क्षमता बढाउन प्रभावकारी मानिन्छ।

यद्यपि, यी उपायहरूलाई औषधिको विकल्पको रूपमा प्रयोग नगर्न विज्ञहरूकाे सुझाव छ । यी उपायहरू औषधिसँगै अपनाउन सकिन्छ।

आयुर्वेदिक चिजको साइड इफेक्ट नगण्य हुने भएकाले आयुर्वेदिक उपाय अपनाएमा हानि हुने खतरा हुँदैन । स्वस्थ व्यक्तिहरूले पनि नियमित रूपमा आलसको दाना खान सक्छन्। यसले उनीहरूको समग्र स्वास्थ्यमा उत्कृष्ट फाइदाहरू प्रदान गर्न सक्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट