राप्रपाले भन्यो– भारत भ्रमणमा प्रधानमन्त्रीलाई गरिएको सम्मानले देशको शिर निहुरियो-Sutra News

राप्रपाले भन्यो– भारत भ्रमणमा प्रधानमन्त्रीलाई गरिएको सम्मानले देशको शिर निहुरियो

मंगलबार, २९ जेष्ठ २०८१

मंगलबार, २९ जेष्ठ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा गरिएको सम्मानमाथि प्रश्न उठाएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीको भारत भ्रमणमाथि प्रश्न उठाएका हुन् ।



उनले भारत भ्रमण व्यक्तिगत हो कि देशको प्रधानमन्त्रीको हो भन्ने जस्तो प्रश्न उब्जेको टिप्पणी गरे ।

“पुष्पकमल दाहाल प्रचण्ड व्यक्तिगत नभएर नेपालको प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जानुहुन्छ, भारतले गरेको सम्मान प्रधानमन्त्रीलाई गरेको सम्मान हो कि सिंगो नेपाललाई ? त्यो सम्मान हेर्दा यस्तो लाग्छ कुनै प्रदेशको मुख्यमन्त्री भारत गइरहेछन्”, शाहीले भनेका छन् ।

उनले भारतमा शीर निहुरिने अवस्था बनाएका प्रधानमन्त्रीले एयरपोर्टमा बाजा गाजा बजाउनु अर्थहिन भएको शाहीको टिप्पणी छ । “भारतमा त्यस्तो हुन्छ तर, नेपाल आउँदा तामझामका साथ, एयरपोर्टमा बाजा गाजा बजाइन्छ, बाटो जाम गरिन्छ”, शाहीले भनेका छन् ।

एक अर्को प्रसङ्गमा बोल्दै शाहीले सहकारी ठगी प्रकरणका मुख्य आरोपित जिबी राईलाई किन पक्राउ नगरिएको भन्दै प्रश्न गरेका छन् । उनले जिबी राईलाई पक्राउ गर्ने हैसियत सरकारको नभएको त होइन भनि प्रश्न पनि गरे ।

“एउटा जिबी राईलाई किन पक्राउ गर्न सकिएको छैन, एउटा व्यक्तिलाई पक्राउ गर्न नसक्ने अवस्था सरकार को हो ?” उनले भनेका छन्, “आकाशमा भएपनि पातालमा भएपनि जिबी राईलाई पक्राउ गरियोस् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट