गण्डकीमा मन्त्रिपरिषद् विस्तार : देवकोटालाई ऊर्जा र मनाङेलाई भौतिककाे जिम्मा-Sutra News

गण्डकीमा मन्त्रिपरिषद् विस्तार : देवकोटालाई ऊर्जा र मनाङेलाई भौतिककाे जिम्मा

मंगलबार, २९ जेष्ठ २०८१

मंगलबार, २९ जेष्ठ २०८१

काठमाडाैं । साेमबार विश्वासकाे मत लिएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पाण्डेले विश्वासकाे मत लिँदा फ्लोर क्रस गरेर सहयाेग गरेका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरूङलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।



पाण्डेले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त दुवै मन्त्रीकाे पद तथा गाेपनियताकाे सपथ लिइसकेका छन् ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका राप्रपाबाहेक अन्य दुई सांसदलाई मन्त्री बनाएका हुन् । राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्वीप जारी भए पनि पाण्डेलाई विश्वासको मत दिएका थिए ।

मनाङका स्वतन्त्र सांसद मनाङे भने गण्डकीमा छैटौं पठक मन्त्री भएका हुन् । उनले आफूलाई कहिले स्वतन्त्र त कहिले एकीकृत समाजवादीकाे सांसद बताउने गरेका छन् । यद्दपि, उनी जुन सरकार बनेपनि मन्त्री बनिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट