नेप्सेमा फर्कियो उत्साह : ३३ अंकले सूचक बढ्दा अधिकांश कम्पनीको मूल्यमा बृद्धि-Sutra News

नेप्सेमा फर्कियो उत्साह : ३३ अंकले सूचक बढ्दा अधिकांश कम्पनीको मूल्यमा बृद्धि

मंगलबार, २९ जेष्ठ २०८१

मंगलबार, २९ जेष्ठ २०८१

काठमाडौं । लामो समयपछि सेयर बजारमा उत्साह देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार ३३.१५ अंकले बढ्दै नेप्से परिसूचक २११५.२४ को बिन्दुमा उक्लिएको छ ।



यस दिन समग्रमा नेप्से १.५९ प्रतिशतले बढेको छ । समूहगत सवइन्डेक्सहरु पनि सबै बढेका छन् ।

फाइनान्स, हाइड्रो, लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स र ट्रेडिङ सवइन्डेक्समा दुई प्रतिशतभन्दा बढीको बृद्धि हुँदा अन्यमा औसत एक प्रतिशत हाराहारीको बृद्धि भएको छ ।

कारोबारमा आएका २५६ कम्पनीमध्ये २०३ कम्पनीको मूल्य बढेको छ । जसमध्ये चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

परिसूचकमा उत्साह देखिँदा कारोबार रकम पनि उच्च रहेको छ । मंगलबार १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँमाथिको भएको छ ।

यस दिन सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि. को कारोबार उच्च भएको छ । एनआरएनको पाँच लाख २५ हजार कित्ता किनबेच हुँदा कारोबार रकम ३६ करोड ३० लाख रुपैयाँ माथिको भएको छ ।

यी हुन् सकारात्मक सर्किट लागेका कम्पनी

मंगलबार चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने दुई कम्पनीको मूल्य नौ प्रतिशत हाराहारीमा बृद्धि भयो ।

बरुण हाइड्रोपावर, ग्रिन भेन्चर, कुथेली बुखरी स्मल हाइड्रो र भगवती हाइड्रोवारको मूल्यमा १० प्रतिशतले मूल्य बढ्यो ।

यस्तै, उपर हेवाखोला, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि।को मूल्य नौ प्रतिशतको हाराहारीमा बृद्धि भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट