काठमाडाैं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले म्याग्नम ई ५०० स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । म्याग्नम ई ४०० को राम्राे व्यापारपछि कम्पनीले आफ्नो प्रिमियम स्मार्टवाच म्याग्नम ई ५०० सार्वजनिक गर्न लागेकाे हाे ।
कम्पनीका अनुसार म्याग्नम ई ४०० सार्वजनिक भएको तीन दिनै तीन हजार थान बिक्री भएकाे थियाे । जुन सफलतापछि उत्साहित कम्पनीले थप सुविधासहित म्याग्नम ई ५०० स्मार्टवाच ल्याउन लागेकाे हाे । कम्पनीले जनाएअनुसार आगामी साेमबार नेपाली बजारमा उक्त स्मार्ट वाच सार्वजनिक हुनेछ ।
के छन् म्याग्नम ई ५०० स्मार्टवाचकाे विशेषता ?
१.४३ इन्च टीआरयू एमोलेड डिस्प्ले भएको यो स्मार्टवाचमा ४६६x४६६ पिक्सेल रेजोलुसन रहेकाे कम्पनीले जनाएकाे छ । जसमा ८०० निट्स ब्राइटनेस रहेको जनाइएकाे छ ।
ब्लुटुथ भर्सन ५.३ सपोर्ट गर्ने यो स्मार्टवाचमा ३९० एमएएच क्षमताको ब्याट्री छ ।
साधारण प्रयोगमा यो स्मार्टवाचको ब्याट्री नौ दिनसम्म टिक्ने बताइएकाे छ भने स्ट्यान्डबाई मोडमा यो स्मार्टवाच ३० दिनसम्म चल्ने कम्पनीकाे दाबी छ ।
स्मार्टवाच दुई घण्टामै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएकाे छ ।
यसमा बिल्टइन स्पिकर र माइक छ । फोन बिनै यसैबाट कुराकानी गर्न सकिने कम्पनीले जनाएकाे छ ।
अल्ट्रा प्रिमियम सर्कुलर मेटल डिजाइनमा तयार पारिएको स्मार्टवाचमा स्टेनलेस स्टिलको चेन स्ट्राप रहेको छ । कम्पनीले जनाएअनुसार यो स्मार्टवाचमा छुट्टै अर्को स्ट्राप पनि पाउन सकिन्छ ।
यो रोयल ब्ल्याक र रोयल सिल्भर गरी दुई कलर भेरियन्टमा पाउन सकिन्छ ।
कम्पनीका अनुसार यसमा २०० भन्दा बढी वाच फेस रहेका छन् । आईपी ६८ रेटिङ प्राप्त यो स्मार्टवाचमा १०० भन्दा बढी स्पोर्ट्स मोड रहेका छन् ।
यसमा विभिन्न किसिमका हेल्थ ट्रयाकिङ फिचरहरू रहेका छन् । नोटिफिकेसन, एआई भ्वाइस असिस्टेन्ट, म्युजिक तथा क्यामेरा कन्ट्रोल र अलवेज अन डिस्प्ले जस्ता महत्त्वपूर्ण फिचर पन यसमा रहेका छन् ।
यो स्मार्टवाच कोफिट एपमार्फत एन्ड्रोइड ४.० र आईओएस ९.० माथिका डिभाइसमा प्रयोग गर्न सकिन्छ । यसमा कम्पनीले एक वर्षसम्मको वारेन्टी र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको छ । अर्थात् ३० दिनभित्र स्मार्टवाच फिर्ता गर्न सकिन्छ ।
प्रि-बुकिङ विशेष छुट
३ असारमा सार्वजनिक हुने यो स्मार्टवाचका लागि कम्पनीले बिहीबारदेखि प्रि-बुकिङ खुलाउँदैछ । कम्पनीका अनुसार आगामी बिहीबारदेखि आइतबारसम्म यो वाच प्रि-बुक गर्न सकिनेछ ।
प्रि-बुकिङ अफरमा यो वाच चार हजार ५९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । आधिकारिक मूल्य भने सार्वजनिक हुने दिन नै बाहिर ल्याउने कम्पनीले जनाएको छ ।
स्मार्टवाच विभिन्न अनलाइन स्टाेरहरू दराज, अल्टिमा, खल्ती, जीभी, हुकुट स्टोर, ब्रदर मार्ट, नियो स्टोर, रिटेल स्टोरलगायतबाट खरिद गर्न सकिने जनाइएकाे छ ।
‘वेयर द लक्जरी कन्टेस्ट’ मार्फत आईफोन १५ जित्न सकिने
कम्पनीले स्मार्टवाच सार्वजनिक हुने अवसरमा ‘वेयर द लक्जरी कन्टेस्ट’ पनि आयोजना गर्ने भएको छ । यो अफर ३१ जेठदेखि ११ असारसम्म चल्ने जनाइएकाे छ ।
जुन कन्टेस्टमा म्याग्नम ई ५०० खरिद गर्ने ग्राहक स्वतः सहभागी हुन पाउने कम्पनीले जनाएकाे छ ।
याे कन्टेस्टमा सहभागिले एक जना ग्राहकले एक लाख ५७ हजार ५०० रुपैयाँ पर्ने आईफोन १५ पाउनेछन् । त्यस्तै अन्य ३० जना ग्राहकले भने तीन हजार ५९९ पर्ने अल्टिमा एटम १९२ इयरबड उपहारमा पाउने जनाइएकाे छ ।
यसका लागि सबैभन्दा पहिला कुनै पनि माध्यमबाट म्याग्नम ई ५०० स्मार्टवाच खरिद गर्नुपर्ने हुन्छ । स्मार्टवाच खरिद गर्ने ग्राहक स्वतः कन्टेस्टमा सहभागि हुन पाउनेछन् ।
त्यसपछि उक्त स्मार्टवाच लगाएको फोटो सामाजिक सञ्जालका माध्यममा ह्याशट्याग (#WearTheLuxury, #MagnumE500, and #UltimaLifestyle) सहित राख्नुपर्ने हुन्छ । याद गर्नुहोस् यो पोस्ट पब्लिक गर्नुपर्ने हुन्छ । अन्यथा कम्पनीका प्रतिनिधिले तपाईंले राखेको पोस्ट देख्न पाउँदैनन् ।
सामाजिक सञ्जालमा राखिएका फोटोबाट उत्कृष्ट पाँच जना आईफोन १५ पाउनका लागि छनोट हुने जनाइएकाे छ ।
पाँच जनामध्ये एक जनालाई अनलाइन भोटिङमार्फत छनोट गरिनेछ । त्यसबाट जसले बढी भोट पाउँछ, उसले आईफोन १५ उपहार पाउने कम्पनीले जनाएको छ । त्यसबाट बाँकी चार जना र अन्य २६ जना ग्राहकले भने इयरबड पाउनेछन् ।