भ्रमको पछि नलाग्न भन्दै श्री केशले भन्यो– तेलको गुणस्तर र विश्वसनीयतामा कुनै समस्या छैन-Sutra News

भ्रमको पछि नलाग्न भन्दै श्री केशले भन्यो– तेलको गुणस्तर र विश्वसनीयतामा कुनै समस्या छैन

मंगलबार, २९ जेष्ठ २०८१

मंगलबार, २९ जेष्ठ २०८१

काठमाडौं । सप्तऋषि ओइल एन्ड कस्मेटिक प्रालिले आफ्नो उत्पादन ‘श्री केश हेयर ओयल’मा कुनै समस्या नरहेको दाबी गरेको छ । सोमबार एक पत्रकार सम्मेलन गर्दै कम्पनीले तेलको गुणस्तरमाथि उठेको प्रश्नमा प्रष्टीकरण गरेको हो ।



सरकारी नीति नियमको पालना गर्दै गुणस्तरको प्रमाणित गरेर तेल बजारमा ल्याइएको कम्पनीले बताएको छ । कम्पनीका प्रबन्धक टीकाराम बुढाथोकीले सप्तऋषिद्वारा उत्पादित ‘श्री केश’ ले ट्रेडमार्क समेत पाइसकेको बताए ।

“‘श्रीकेश हेयर ओयल’ नेपाल सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति प्राप्त गरेर मात्रै बजार ल्याइएको हो, यस उत्पादनले ट्रेडमार्क समेत प्राप्त गरिसकेको छ’, प्रबन्धक बुढाथोकीले भनेका छन्, “नियोजित भ्रमको पछि नलाग्न हाम्रो आग्रह छ ।”

यस तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको बुढाथोकीले दाबी गरेका छन् । यस कम्पनीले जडीबुटी संकलक, किसान, जडीबुटी बिक्रेता उद्योगमा काम गर्ने कर्मचारी, बिक्रीवितरणमा काम गर्ने कर्मचारी गरी सयौँ जनालाई प्रत्यक्ष एवम् अप्रत्यक्षरूपमा रोजगारी प्रदान गरिरहेको पनि उनले बताए ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै देश–विदेशमा समेत बजार विस्तार गरी देशलाई दिगो विकासको बाटोतर्फ लैजानु कम्पनीको मुख्य उद्देश्य रहेको बुढाथोकीले बताए । कम्पनीबाट उत्पादित वस्तुहरुको विधि/पद्धतिअनुरुप प्रयोग गरेमा अपेक्षित लाभ लिन सकिने उनको दाबी छ ।

उनका अनुसार कम्पनीले छिट्टै मुलुकका विभिन्न ठाउँमा जडीबुटी खेती गर्ने कार्यक्रम पनि बनाएको उनले बताए ।

कार्यक्रममा आयुर्वेद चिकित्सक डा. सविन दवाडीले ‘श्री केश हेयर ओयल’ नेपाल सरकारका निकायहरूबाट आधिकारिकरूपमा प्रमाणित गरिएको तेल रहेको जानकारी दिए । उनले श्रीकेश तेल मानिसको कपालका लागि लाभदायक रहेको र बजारमा आएजस्तो भ्रममा नपर्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट