डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० जना बेपत्ता-Sutra News

डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० जना बेपत्ता

मंगलबार, २९ जेष्ठ २०८१

मंगलबार, २९ जेष्ठ २०८१

काठमाडौं । यमनमा दुई सयभन्दा बढी आप्रवासी बोकेको डुंगा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तिमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघीयको एजेन्सीले जनाएको छ ।



यमन तटमा भएको घटनामा सोमबार २६० आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु हुनुका साथै १५० बेपत्ता भएका छन् । घटनामा ७१ जनाको उद्धार गरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले सोमबारको डुबानलाई उल्लेख गर्दै एक्समा सार्वननिक गरेको छ ।

प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरू द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन् ।

यमनमा सफलतापूर्वक पुग्ने आप्रवासीहरूले प्रायः आफ्नो सुरक्षाका लागि थप खतराहरूको सामना गर्छन् । अरब प्रायद्वीपको सबैभन्दा गरिब देश एक दशकदेखि गृहयुद्धमा फसेको छ ।

धेरैले साउदी अरब र अन्य खाडी अरब देशहरूमा पुग्ने प्रयास गरिरहेका छन् । जहाँ उनीहरू मजदुर वा घरेलु कामदारको रूपमा काम गर्छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट