ताल बनाउँदा ३० करोड भ्रष्टाचार, मेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर-Sutra News

ताल बनाउँदा ३० करोड भ्रष्टाचार, मेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर

मंगलबार, २९ जेष्ठ २०८१

मंगलबार, २९ जेष्ठ २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भारत कुमार थापासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।



अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृतिबिना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार ८९७ रकम अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।

संघीय सरकारअन्तर्गतको सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृत विना अनाधिकृत रुपमा माछा पोखरी निर्माणको लागि भनी ढुङ्गा गिट्टी बालुवा निकालिएको अख्तियारको ठहर छ ।

अख्तियारले हाल निलम्बित मेयर थापासहित तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना शाखाका प्रमुख इञ्जिनियर सागर पौडेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालिन प्रमुख मथुर चौधरीलाई आरोपी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट