फिल्म निर्देशक नविन सुब्बा सधैँ फिल्मको गुणात्मकतामाथि बहस गर्न रुचाउँछन् । फिल्म कति चल्यो, कति चलेन भनेर बहस गर्नु उनलाई कहिल्यै ठीक लागेन । ‘नुमाफुङ’ जस्तो सिनेमा बनाएर नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने सुब्बाले पाँच वर्षअघि एक अन्तरवार्ताका क्रममा मसँग भनेका थिए, ‘अमेरिकामा कति फिल्म फ्लप भयो भनेर चर्चै हुँदैन । बरु त्यहाँ स्पिलवर्गले कस्तो फिल्म बनाए, ड्यानियल डे–लेविसको एक्टिङ कस्तो थियो भनेर छलफल गर्छन् । तर हामी यहाँ यस्तो छलफल गरिरहेका छैनौँ, कुन फिल्म फ्लप भयो, कुन हिट, संख्या गन्नमै मक्ख छौँ ।’
यतिखेर उनै सुब्बाले निर्देशन गरेको फिल्म ‘गाउँ आएको बाटो’ देशभरका हलहरुमा लागिरहेको छ । फिल्मको व्यापारलाई लिएर सुब्बा कति मक्ख छन्, म त्यता जान्नँ । तर, ‘गाउँ आएको बाटो’ हेरेपछि यति भन्न सकिन्छ– यो सिनेमा सधैँ समाजसँग अन्तरसंवाद गर्न योग्यचाँही बनेको छ । सायद सुब्बा पनि खुशी हुनुपर्छ– उनले सधैँ चाहेझैं उनको सिनेमाको गुणात्मकतामाथि यतिखेर बहस भइरहेको छ ।
अब फिल्मकै चर्चा गरौं । ‘गाउँ आएको बाटो’ खासगरी पूर्वी पहाडको एक किराती गाउँमा बाटो आएसँगै आएको परिवर्तनको कथा हो । बुबा छोराबीचको सम्बन्धको कथा हो । छोराको सपनाका लागि अनेक संघर्ष गर्ने बुबाको कथा हो । एक आदिवासी राई गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका गाउँलेहरुको जीवन र उनीहरुको अन्तरसम्बन्धमा पार्ने प्रभावको कथा हो । गाउँमा बससँगै आएको परिवर्तनले बाँसको चित्रा, फिपी, डोको आदि बनाएर आफ्नो परिवार पालिरहेको राई माइलाको जीवनमा आउने उथलपुथलको कथा हो ।
कथित विकासले कसरी गाउँको मूल्य, मान्यता, संस्कार र सौन्दर्यलाई खोस्छ र एउटा मान्छेलाई विस्थापित हुन बाध्य बनाउँछ, सायद पर्दामा कमै भनिने यो पाटोलाई निर्देशकले फिल्ममार्फत देखाउन खोजेका छन् ।
यो फिल्मको कथ्यशैली माइला (दयाहाङ राई)ले बुन्ने चित्राको गतिजस्तै सुस्त छ। गाउँमा बाटो आउँछ । बाटोसँगै पहिलोपटक बस आउँछ । गाउँमा विकासको पहाड नै आएझै गाउँलेहरु धुमधामसँग बसको स्वागत गर्छन् ।
गाउँलेलाई खुशी ल्याएको बाटोले गाउँमा बसमात्रै ल्याउँदैन । बससँगै पुजिवाँद पनि ल्याउँछ । धमाधम बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु ल्याउँछ । माइलाले बुन्ने बाँसको चित्रा विस्थापित गर्न निलो त्रिपाल ल्याउँछ । लोकल रक्सी भुलाउन बियर र भोड्का ल्याउँछ । सँगसँगै परदेश जाने लाहुरेहरुबाट मोबाइल र टिभी ल्याउँछ । यस्तो परिवर्तन ल्याउँछ, जसलाई अहिले पनि विकासोन्मुख देशमा राजनीतिज्ञहरु विकास भन्छन् । तर यस्तै कथित विकासले कसरी गाउँको मूल्य, मान्यता, संस्कार र सौन्दर्यलाई खोस्छ र एउटा मान्छेलाई विस्थापित हुन बाध्य बनाउँछ, सायद पर्दामा कमै भनिने यो पाटोलाई निर्देशकले फिल्ममार्फत देखाउन खोजेका छन् ।
बजारमा त्रिपाल आएसँगै जब माइलाले बुनेको बाँसको चित्रा विक्री हुन छाड्छ, त्यसपछि फिल्ममा द्धन्द सुरु हुन्छ । गाउँमा बजारवाद र बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु हावी भएपछि कसरी परम्परागत पेशा धरापमा परेको छ, निर्देशकले विस्तृत र गहिरोसँग देखाएका छन् । यहीकारण वैदेशिक रोजगारी अधिकांश नेपालीको नियति बन्न पुगेको तथ्य भन्न खोजेका छन् ।
फिल्मको गतिअनुसार बिन्द्रेको चश्मा पनि फेरिन्छ । सुरुमा लहराको चश्मा लगाउने बिन्द्रे गाउँमा बाटोसँगै बिडीको सट्टा सिगरेट आएपछि चुरोटको खोलको चश्मा लगाउँछ । गाउँ आएको बाटोहुँदै जब बुबा सहर पस्छन् त्यसपछि उ प्लास्टिकको चश्मा लगाउँछ ।
फिल्ममा छोरा बिन्द्रेलाई टिभी किनिदिन माइलाले गरेको संघर्ष छ। तर, फिल्म हेरिरहँदा दर्शकको मन चिमोट्ने गरी ‘इमोसनल ट्रिट’ गर्न निर्देशकको प्रयास पर्याप्त नभएको हो कि भन्ने महसुस हुन्छ । वस्तुको उपयोगबारे थाहा नभएर लाहुरेको मोबाइल पानीले पखाल्दा होस् या लाहुरेको घरमा टिभी हेर्न नपाएर छोरा लड्दाको दृश्य, निर्देशकले द्धन्द त निर्माण गरेका छन्, तर त्यसपछि उच्च तनाव उत्पन्न होला भन्ने दर्शकको अनुमानलाई फेल खुवाइदिन्छन् । माइलाले बिन्द्रेलाई टिभी किनिदिए हुन्थ्यो भन्ने दर्शकलाई जति लाग्नुपर्ने हो, त्यति महसुस हुँदैन । फिल्ममा माइला र लाहुरे दुवैलाई मोबाइल र टिभीले उत्पन्न तनावका बेला रिस त उठ्छ तरसहजै सेलाउँछ पनि । यि दृश्यहरुमार्फत निर्देशकले सायद किरात राई आदिवासीहरुको रिसको पारो कडा भएपनि धेरैबेर रहिरहँदैन भन्न खोजेका हुन् कि ?
निर्देशकले फिल्ममा बिम्बहरुको अथाह प्रयोग गरेका छन् । जस्तै फिपी किचिँदाको बिम्ब । फिल्ममा पात्रहरुको पहिरनमा पनि खास प्रयोग भएको देखिन्छ । माइला र माइली परम्परागत पहिरनमा छन् भने उनीहरुको छोरा बिन्द्रे भने आधुनिक पोसाकमा । फिल्मको गतिअनुसार बिन्द्रेको चश्मा पनि फेरिन्छ । सुरुमा लहराको चश्मा लगाउने बिन्द्रे गाउँमा बाटोसँगै बिडीको सट्टा सिगरेट आएपछि चुरोटको खोलको चश्मा लगाउँछ । गाउँ आएको बाटोहुँदै जब बुबा सहर पस्छन् त्यसपछि उ प्लास्टिकको चश्मा लगाउँछ । निर्देशकले बिन्द्रेको चश्मामार्फत समयसँगै गाउँमा आएको परिवर्तनलाई सुन्दर ढंगले देखाएका छन् ।
माइलाको घरमा पानी अभाव हुँदा जब नेताको घरमा धाराबाट पानी बगिरहेको सुनिन्छ, यसले हाम्रो देशको राजनीतिक चित्र र चरित्र बोल्छ । बाँसको चित्रा बनाउने माइलालाई हेपिएको दृश्यमा भने पृष्ठभूमिमा बाँसकै आवाज बजेजस्तो लाग्छ ।
सुरुमा मोजाको भकुण्डो, कागजको हवाइजहाज उडाउने बिन्द्रे पछि बजारको कोक, टिभी र चश्माप्रति मोहित हुन्छ । एकातिर बहुराष्ट्रिय उत्पादनले बुबाको परम्परागत पेशा खोसिनु, अर्कोतिर त्यही उत्पादनलाई आफ्नो सपना मानेर दगुर्न बाध्य हुनुले आज पनि दुरदराजका गाउँको यथार्थ चित्रण बोल्छ । बाँसको मुढा बनाउने र माइलीले घरमै बनाएको लोकल रक्सी पिउने माइलालाई लाहुरेले प्लास्टिकको मुढामा बसाएर प्लास्टिकको गिलासमा भोड्का पिलाएको दृश्य कम प्रतिकात्मक छैन ।
फिल्ममा क्यामेराको प्रयोग पनि पात्रकोे मुड र परिस्थितीअनुसार खिचिएको छ । पात्रहरुबीचको समानता देखाउन कुनै पात्रलाई देखाउँदा तल या माथिबाट नभएर आँखाकै स्तरबाट दृश्य खिचिएको छ । पात्रहरु भुइमा भएका बेला क्यामेरालाई भुईमा राखेर खिचिएको पाइन्छ । बसमा प्रहरी र माइलाबीचको झगडाको दृश्य दर्शक तनाव उत्पन्न गराउन क्यामेरा हातमा बोकेर हल्लाएर खिचिएको जस्तो लाग्छ ।
फिल्मको अर्को बलियो पक्ष ध्वनी पनि हो । पात्रको पेशा र परिस्थितीअनुसार ध्वनीको निर्माण गरिएको छ । जस्तो कि, लाहुरेको घरमा माछा र कुखुरा पालिएको छ । त्यहाँ चराको आवाज सुनिन्छ । तर, त्यो आवाज माइलाको घरमा कहिल्यै सुनिँदैन । माइलाको घरमा पानी अभाव हुँदा जब नेताको घरमा धाराबाट पानी बगिरहेको सुनिन्छ, यसले हाम्रो देशको राजनीतिक चित्र र चरित्र बोल्छ । बाँसको चित्रा बनाउने माइलालाई हेपिएको दृश्यमा भने पृष्ठभूमिमा बाँसकै आवाज बजेजस्तो लाग्छ ।
१८ वर्षको अभिनय यात्रापछि नेपाली फिल्ममा प्रमुख भूमिका पाएकी पशुपतिले यो फिल्मबाट आफूलाई अभिनयको बलबुतामा खास हिरोइन सावित गरेकी छिन् । परम्परागत सौन्दय दृष्टिकोणका कारण आफूलाई हिरोइन ठान्नेहरुलाई चुनौती हो उनको यो प्रस्तुति ।
फिल्ममा पात्रको पेसा र मनोविज्ञानअनुसार प्रप्सको प्रयोग पनि गज्जब छ । लोकल रक्सी, वाचिपा, किनिमा आदी किरातको खानपान र संस्कृति देखाउन प्रयोग गरिएको छ । तर, पछि लाहुरेको घरमा देखिने बियर र भोड्काले परिवर्तनसँगै बढेको सांस्कृतिक अतिक्रमण झल्काउँछ । फिल्मको रैथाने संगीतले दर्शकको मन हुडल्छ । बिन्द्रेले बुबालाई सम्झेर धन्यवाद दिँदाको आलाङ्ने गीतले फिल्मको मर्म बोल्छ । राई भाषामा धन्यवादलाई आलाङ्ने भनिन्छ ।
फिल्ममा कलाकारहरुले अभिनय गरेका छैनन्, गाउँको जीवन दुरुस्त बाँचेका छन् । पछिल्लो समय दयाहाङ राईले हरेक फिल्ममा उस्तै अभिनय गरिरहेका छन् भन्नेहरुका लागि गतिलो झापड हो, गाउँ आएको बाटो । यो फिल्ममा उनको करिअरकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । दयाले दाबी गरेझै खुट्टाभन्दा विपरीतको चप्पल लगाउँदा विल्कुलै फरक र जीवन्त देखिएका छन् उनी । राई माइलोको यो लवज यसअघि दयाकै कुनै फिल्ममा सुनिएको थिएन ।
यो फिल्ममा दयादेखि पशुपति राई (माइली)सम्मलाई पहिरनका कारण पात्रको हिडाई निर्माण गर्न सहज बनाएको छ । १८ वर्षको अभिनय यात्रापछि नेपाली फिल्ममा प्रमुख भूमिका पाएकी पशुपतिले यो फिल्मबाट आफूलाई अभिनयको बलबुतामा खास हिरोइन सावित गरेकी छिन् । परम्परागत सौन्दय दृष्टिकोणका कारण आफूलाई हिरोइन ठान्नेहरुलाई चुनौती हो उनको यो प्रस्तुति । कहिल्यै अभिनय नगरेका प्रसन राई यो फिल्ममा बिन्द्रेको भूमिकामा छन् । फिल्ममा स्थानिय कलाकार लिँदा कथालाई कति जीवन्त र दुरुस्तै देखाउन सकिन्छ, प्रसन त्यसको प्रमाण हुन् ।
टिभी लिन गएका बुबा घर नफर्किएपछि प्रसनले धरान जाने बसमा बुबालाई सन्देश पठाउँदै एउटा कागज टाँस्छन् । जहाँ लेखिएको हुन्छ, तपाई घर फर्किनुस् बाबा, मलाई टिभी चाँहिदैन । पुजिँवादकै उत्पादनको पछि दौडिएका यि बालकमार्फत दिइएको यो सन्देश फिल्मकै बलियो दृश्य हो ।पुजिँवादले निम्त्याएको संकट देखाउँदै यो दृश्यमार्फत निर्देशकले पनि सन्देश दिएझै लाग्छ, ‘पुजिँवाद, तिमी मलाई चाँहिदैन ।’
फिल्मको अन्त्यमा जब माइला माइली गाउँ छाड्छन्, श्रवण मुकारुंगले यही फिल्मका लागि लेखेको गीत सम्झना आउँछ, मान्छे जाँदा एक्लै कहाँ जान्छ, उल्ले गाउँदै हिँड्ने, गीत पनि लान्छ ।