काठमाडौँ । जारी टी २० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको खेल लगातारको वर्षापछि रद्द भएको हो ।
खेल रद्द भएसँगै नेपाल र श्रीलंका दुवैले एक एक अंक बाँडेका छन् । जुन नेपालले यस विश्वकपमा हासिल गरेको पहिलो अंक हो । यो खेल हुन नसकेपछि श्रीलंका विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकाले यसअघि दुवै खेल हारेको थियो ।
अब नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने छ । श्रीलंकाले जुन १७ मा नेदरल्याण्डससँग खेल्ने छ ।