काठमाडौं । हाल नेपालमा पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी स्थानमा स्थानीय तथा पश्चिमी वायुका साथै बिहार आसपास बनेको न्यून चापीयको आंशिक प्रभाव रहेको छ ।
बुधबार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेशलगायत गण्डकीका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।