चन्द्रबाबु नायडूकाे सरकारमा अभिनेता पवन कल्याण उपमुख्यमन्त्री बन्ने-Sutra News

चन्द्रबाबु नायडूकाे सरकारमा अभिनेता पवन कल्याण उपमुख्यमन्त्री बन्ने

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१

काठमाडाैं । भारतकाे तेलुगु देशम पार्टी (टीडीपी) का प्रमुख एन चन्द्रबाबु नायडूले बुधबार चौथो पटक आन्ध्र प्रदेशको मुख्यमन्त्रीको सपथ लिने भएका छन्।



सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र बन्डी सञ्जय कुमारलगायत अन्य धेरै नेताहरू सहभागी हुने बताइएकाे छ । अमित शाह र जेपी नड्डा समारोहमा सहभागी हुन मंगलबार साँझ हैदराबाद पुगेका छन्।

यसअघि मंगलबार टीडीपी र एनडीएका विधायकहरूले नायडूलाई आफ्नो नेता चुनेका थिए। यसपछि एनडीए नेताहरूको अनुरोधपछि राज्यपाल एस अब्दुल नजीरले मंगलबार नायडूलाई सरकार गठनको निम्तो दिएका थिए।

पवन कल्याण उपमुख्यमन्त्री

नायडूकाे सरकारमा चर्चित अभिनेता एवम् टीडीपीका जनसेना प्रमुख पवन कल्याण पनि महत्वपूर्ण जिम्मेवारीसहित जाने भएका छन् । जनाइएअनुसार पवन कल्याण उपमुख्यमन्त्री बन्ने निश्चित छ ।

आन्ध्र प्रदेश विधानसभामा १७५ सीट छन्। यसअनुसार मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित २६ मन्त्री सदस्य हुनेछन् ।

पुन मुख्यमन्त्री बन्न लागेका नायडू २८ वर्षको उमेरमा पहिलो पटक विधायक बनेका थिए । उनी ३० वर्षको उमेरमा मन्त्री बनेका थिए । उनी ४५ वर्षको उमेरमा पहिलो पटक र अब ७४ वर्षको उमेरमा चौथो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । भारतीय सञ्चारमाध्यमबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट