पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युतमा कार्यरत एक मजदुरकाे मृत्यु, दुईजना घाइते-Sutra News

पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युतमा कार्यरत एक मजदुरकाे मृत्यु, दुईजना घाइते

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१
सांकेतिक तस्बिर ।

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।



मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिएअनुसार आयोजनाका मजदुरहरू निदाएका बेला पहिरो खसेको हो ।

लामिछानेका अनुसार जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् । उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट