काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध चयन भएका छन् ।
महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन् ।
अध्यक्ष पदमा उपेन्द्रको एकल उम्मेदवारी परेको र औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेसी जनअधिकार फोरम नेपाल गठन भएको थियो । त्यति बेलादेखि उनी निरन्तर अध्यक्ष पदमा छन् । अध्यक्षबाहेकका अन्य पदमा निर्वाचन हुने बताइएको छ ।
लामो समयदेखि महाधिवेशन हुन नसकेको जसपा नेपालबाट सात सांसदसहित दाबेदार भएका टोलीले नयाँ पार्टी बनाएको छ । लगत्तै अध्यक्ष यादवले महाधिवेशनको घोषणा गरेका थिए ।