कर्णालीको झोलुङ्गे पुल तत्काल मर्मत गर्न माग-Sutra News

कर्णालीको झोलुङ्गे पुल तत्काल मर्मत गर्न माग

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्भार गर्न माग गरिएको छ ।



पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद् सीताकुमारी रानाले झोलुङ्गे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट बञ्चित हुनु परेको बताए ।

आइतबार कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ खच्चर दुर्घटनामा परेका थिए । सांसद् रानाले पुल तुरुन्तै मर्मत सम्हार नगरे मानवीय दुर्घटना हुन सक्ने भन्दै सरकारको ध्यानार्कषण गराए ।

“सरकारले जतिसक्दो छिटो प्राविधिक टोली पठाएर कर्णालीको पुल मर्मत गर्नुपर्ने स्थिति छ,” उनले भने, “होइन भने प्राकृतिक प्रकोपले झनै स्थिति नाजुक हुन सक्छ, कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट