तीन दिनदेखि सेयर बजारमा लगातार बृद्धि-Sutra News

तीन दिनदेखि सेयर बजारमा लगातार बृद्धि

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१

काठमाडौं । साताको चौथो दिन (बुधबार) पनि नेप्से परिसूचक बढेको छ । बुधबार ६.३७ अंकले बढ्दै बजार २१२१.६२ को बिन्दुमा उक्लिएको छ ।



यस दिन समग्रमा ०.३० प्रतिशतले नेप्से बढेको छ । समूहगत सवइन्डेक्सहरुमा होटल तथा पर्यटन, हाइड्रो, ननलाइफ र व्यापारमा गिरावट देखिँदा अन्य सवइन्डेक्सहरुमा बृद्धि भयो । सबैभन्दा धेरै फाइनान्स सवइन्डेक्समा १.०७ प्रतिशतले उकालो लागेको छ ।

एकल अंकले बढेको नेप्सेमा कारोबारमा आएका २४७ कम्पनीमध्ये ११९ कम्पनीको मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।
समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लाग्दा साधना लघुवित्त र ग्रिन लाइफ हाइड्रोको मूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ ।

नेप्से निरन्तर उकालोमा देखिँदा कारोबार रकम पनि उत्साहपूर्णरुपमा बढेको छ । नेप्सेमा केही साता यताकै उच्च कारोबार भएको छ । बुधबार एक करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ८९ करोड ४० लाख रुपैयाँमाथिको भयो ।

यसअघिका दिनमा जस्तै बुधबार पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि। कारोबारका आधारमा अग्रस्थानमा रह्यो । एनआरएनको तीन लाख ९६ हजार १३४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २७ करोड ६३ लाख ६० हजार रुपैयाँमाथिको भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट