भारतीय खेलाडीले शक्तिशाली बनेको अमेरिका, पाकिस्तानपछि भारतलाई हराउन सक्ला ?-Sutra News

भारतीय खेलाडीले शक्तिशाली बनेको अमेरिका, पाकिस्तानपछि भारतलाई हराउन सक्ला ?

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१

काठमाडौं । जारी टी २० विश्वकपमा समूह ‘ए’अन्तर्गत अमेरिका र भारतबीच खेल हुँदै छ ।



न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने भएको छ ।

जारी विश्वकपमा अमेरिका र भारत दुवैले आफूले खेलेको दुई खेलमा जित हात पारेको छ । जसबाट दुवै टोलीले ४-४ अंक पाएको छ । रनरेटका आधारमा भारत समूह शीर्ष स्थानमा छ ।

भारत टी २० क्रिकेट फम्र्याटको सबैभन्दा शीर्ष स्थानमा छ । अमेरिका १७ औँ स्थानमा रहेको छ । तर, दुवै टोलीले सानदार प्रदर्शन गर्दै अन्तिम ८ मा नजिक पुगेको छ ।

करिब पाँच वर्ष अघि भएको खेलमा नेपालसँग नमिठो हार बेहोरेको अमेरिकाले क्रिकेटको ‘पावर हाउस’ टोली पाकिस्तानलाई समेत पराजित गर्दै सनसनी जित निकालेको थियो ।

अमेरिकाको जितमा विदेशी मूलका खेलाडीले ठूलो योगदान दिएका छन् । जसमा सबैभन्दा धेरै भारतीय मूलका खेलाडी रहेका छन् । जो आज आफ्नै देशविरुद्ध मैदानमा उत्रिएर अमेरिकालाई जिताउन भएभरको शक्ति लगाउने छ ।

अमेरिकाबाट खेल्ने भारतीय मूलका खेलाडीमा कप्तान मोनान्क पटेलसहित जसदीप सिंह, हरम्रित सिंह, सौरभ नेत्रवालकर, निसर्ग पटेल, मिलिन्दकुमार र नितेश कुमार रहेका छन् । यसमध्ये नितेश भारतको बिहार राज्यमा मुख्यमन्त्रीसमेत बनिसकेको नितिश कुमार नाति हुन् ।

यस्तै, अमेरिकाबाट खेल्ने खेलाडीमा दक्षिण अफ्रिकाका एन्ड्रिस गौस र शाड्लीभान शाक्ली रहेका छन् । पाकिस्तानका अली खान र शयान जहानजिरसँगै न्युजिल्याण्डका कोरी एन्डरसन रहेका छन् ।

अमेरिकामै जन्मिएर राष्ट्रिय टोलीबाट क्रिकेट खेल्दै विश्वकपमा सहभागी भएकाहरूमा स्टिभ टेलर, आरोन जोन्स र नोष्शुष केन्जिगे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट