सेनालाई ठेक्का दिएर हैसियत नघटाऔँ- अध्यक्ष साह-Sutra News

सेनालाई ठेक्का दिएर हैसियत नघटाऔँ- अध्यक्ष साह

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपाली सेनालाई विकासमा लगाउन सकिने भए पनि ठेक्का नै दिनु पर्नेबारे सोच्न आवश्यक रहेको बताएका छन् ।



‘सेनालाई हामीले विकासमा लगाउन सक्छौँ, लगाएकै छौंँ,’ बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘तर, उसैले ठेक्का लगाउने हो भने सडक डिभिजन र आर्मीमा के फरक भयो ? ठेकेदारमार्फत नै गर्ने हो भने सेनामार्फत किन गराउने ?’

नेपाली सेना सम्मानित संस्था भएको उल्लेख गर्दै अध्यक्ष साहले हैसियत नघटाउन आग्रह गरे । उनले भने ‘सेनाको हैसियत नघटाऔँ ।’

यस क्रममा उनले सेनालाई आधुनिक बनाउनु पर्ने बताउँदै सरकारले स्पष्ट नीति लिनु पर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट