काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली राजनीतिको अस्वस्थ र पूर्वाग्रही प्रतिस्पर्धाले समाज र देशको हित नगर्ने बताएका छन् ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले नयाँ दलहरूको अस्तित्वलाई स्वीकार नगरे देशको हित नगर्ने बताएका थिए ।
उनले मधेसमा जनमत पार्टी र अन्य स्थानमा रास्वपालगायत स्वतन्त्र उम्मेद्वारलाई जनताले दिएको भोटले नयाँ सन्देश दिएको भन्दै यसलाई सबै दलहरुले स्वीकार गर्न सक्नु पर्ने धारणा राखे ।
आफ्नो पार्टी स्थापना हुनुभन्दा लामो समयदेखि जनतासमक्ष गएर धेरै अध्ययन गरिएको भन्दै लामिछानले अहिले पनि आफ्नो पार्टीलाई सामाजिक सञ्जालको लोकप्रियताका आधारमा भोट आएको भन्ने जवरजस्त भाव स्थापित गराउन खोजिएको गुनासो गरे ।
लामिछानले अहिले नयाँ शक्तिहरु मिल्न आवश्यक नरहेको तर्क गर्दै विचारमा आधारमा एक्लै चुनाव लड्न र जनतामाझ परीक्षण गर्न चुनौती दिए ।