कुवेतमा आप्रवासी कामदार रहेकाे भवनमा आगलागी, ४० भारतीयको ज्यान गयो-Sutra News

कुवेतमा आप्रवासी कामदार रहेकाे भवनमा आगलागी, ४० भारतीयको ज्यान गयो

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१

काठमाडाैं । कुवेतमा बुधबार आप्रवासी कामदार रहेकाे एउटा भवनमा लागेको भीषण आगलागीमा परी ४१ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी आईएएनएसका अनुसार मारिनेमा ४० जना भारतीय नागरिक छन् ।



घटनामा ५० भन्दा बढी घाइते भएकाे जनाइएकाे छ । उनीहरूलाइ उद्दारपछि अस्पतालमा भर्ना गरिएको एजेन्सीले उल्लेख गरेकाे छ ।

घाइते हुनेमा ठूलो संख्यामा भारतीय मजदुर नै रहेका छन् । कुवेतको दक्षिणी अहमदी गभर्नरेटको मङ्गाफ क्षेत्रमा रहेको छ तले भवनको भान्छामा बुधबार बिहान आगलागी भएको अधिकारीहरूले बताएका छन्।

उक्त भवनमा करिब १६० जना बस्ने गरेको बताइएको छ, जो एउटै कम्पनीका कर्मचारी हुन् ।

त्यहाँ बस्ने धेरै कर्मचारी भारतीय रहेको बताइएको छ । कुवेतस्थित भारतीय दूतावासले पिन सामाजिक सञ्जालमा एक्समार्फत घटनाबारे जानकारी गराएकाे छ ।

भारतका विदेशमन्त्री एस जयशंकरले घटनाबारे दुःख व्यक्त गरेका छन् । उनले दूतावासमार्फतका सहयाेगका सबै काम तिव्ररूपमा अघि बढाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट