आवासीय भवनमा आगलागी हुँदा ४० जनाको मृत्यु-Sutra News

आवासीय भवनमा आगलागी हुँदा ४० जनाको मृत्यु

बुधबार, ३० जेष्ठ २०८१

बुधबार, ३० जेष्ठ २०८१

काठमाडौं । एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान कुवेतको मङ्गाफ सहरमा एक भवनमा आगलागी भएको हो ।



भवनमा अधिकांश प्रवासी मजदुर बस्दै आएका थिए । रिपोर्टका अनुसार मारिनेमा पाँच भारतीय नागरिक छन् । भारतीय राजदूत पनि घटनास्थल पुगेको छ । भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर जारी गरेको छ ।

कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन् । कुवेती सञ्चार माध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । गृहमन्त्रीले सम्पत्ति ऐन उल्लङ्घनका विषयमा छानबिन गरिने बताएका छन् ।

कुवेतको जनसंख्याको दुई तिहाइ आप्रवासी कामदारहरू छन् । यस देशमा विशेष गरी निर्माण र स्वदेशी क्षेत्रमा विदेशी कामदारमा निर्भर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट