काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भोजपुरको हतुवागढी गाउँपालिका ९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी बलात्कार गरेको र गर्भसमेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विशाल उपर ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।