काठमाडौं । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भागमा स्थानीय, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
जसका कारण हाल सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम सफा रहेको छ । कोशी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।