आज मिति २०८१ जेठ ३१ गते बिहीबार । संन् २०२४ जुन १३ तारिख । नेपाल सम्बत ११४४ तछलाथ्व सप्तमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजे बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
दिन त्यति उत्साहजनक नरहला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ भने अनावश्यक भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने योग छ । यसका बाबजुद हरेस नखाइ प्रयत्न गर्दा खास सहयोगीका माध्यमबाट लाभ उठाउन सकिनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिछ । साथीभाइको साथ प्राप्तहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।
बृष
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । आजको दिन प्रेम प्रसङ्गतर्फ ध्यान नदिनु हितकर हुनेछ । धन मान महत्व र आरोग्यता बढ्ने छ । खेलकुदमा आकर्षण बढ्ने छ ।
मिथुन
बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । समयमा निर्णय लिन नसक्दा अवसर गुम्न सक्ने योग छ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्न सक्छ, तर यात्रा पिरणामदायी हुनेछ । यशवर्चश्व वृद्धि हुनेछ ।
कर्कट
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । नयाँ काम मिल्न सक्छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहला । वैदेशिक कार्यहरू पनि सुचारु भएर जानेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने योग रहेकोले सन्तोष मिल्नेछ । लगानी वा खर्च बढ्ने छ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।
सिंह
प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग रहे पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना रहेकोले आपसमा मधुर व्यवहार गर्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आयबल बढ्ला । विजयश्री प्राप्त हुनेछ ।
कन्या
आजको दिन लेनदेनमा विवाद बढ्ने सम्भावना छ तर विगतको श्रमबाट भने लाभ होला । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्ने योग रहेकाले अत्यन्त सचेत र संयमित व्यवहार गर्नुहोला । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कर्मबल बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला
भाग्यबल बढ्ने छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिने छन् । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइएला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने छ । गरिआएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । धर्मकर्ममा आकर्षण बढ्ने छ ।
बृश्चिक
पति–पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने समय छ । धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ, मौकाको फाइदा लिने विशेष प्रयास गर्नु होला । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ सफलताउन्मुख हुनु हुनेछ । आरोग्यबल वृद्धि हुनेछ । रसरागमा रुचि रहला । समयले साथ दिनेछ ।
धनु
आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ, सचेत भइ व्यवहार गर्नुहोला । निर्णायक क्षमतामा कमी आउन सक्छ । यसका बाबजुद आजको दिन धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने अवसर पनि प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने छ । रसरागमा आकर्षण बढ्ने छ । यात्रामा सफलता हातपर्ला ।
मकर
आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झने समय छ, तर कसैसंग झगडा हुन सक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । रोकिएको काममा आफन्तको सहयोग प्राप्त हुनेछ ।
कुम्भ
व्यस्तता बढ्ने छ । तपाईंको बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । कमजोरीमाथि टिप्पणी हुन सक्छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला । आश मारेको कामले उत्साह जगाउने योग पनि छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मीन
धन लाभको समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तर कामको चाप र चौपाया सम्पत्तिमा केही समस्या देखिए पनि अन्ततः समस्याको समाधान मिल्नेछ । काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्, ध्यान राख्नुहोला । पराक्रम बढ्नेछ । सन्तानसुख वृद्धि होला । रसरागमा आकर्षण रहनेछ ।
्